नयाँ बजेटमा कर: के-केमा घट्याे, के-के मा बढ्याे

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरेकाे छ । शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले करकाे दर हेरफेर गरेका हुन् ।
यी बस्तुमा घट्यो कर-
आयकरमा ९० प्रतिशतसम्म छुट हसने भएकाे छ ।
वार्षिक २० लाखसम्मकाे कारोबार गर्नेलाई ९० प्रतिशत, २० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर छुट हुने भएकाे छ।
पर्यटन व्यवसायीलाई १ प्रतिशत मात्र आयकर लाग्ने भएकाे छ।
विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज हुने भएकाे छ ।
इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने भएकाे छ ।
विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरिएकाे छ ।
उद्योगले खरिद गर्ने इन्धनमा भ्याट फिर्ता पाउने भएका छन् ।
सरकारले स्टार्टअप व्यवसाय शुरु गरेको ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट हुने भएको छ ।
स्टार्टअप व्यवसाय प्रबर्धन गर्न निजी क्षेत्रको उद्योग प्रतिष्ठानले बढीमा प्रति व्यवसाय ५ वटा व्यवसायलाई १ लाख रुपैयाँसम्मको बिउ पुँजी उपलब्ध गराए करयोग्य आयकर गणना गर्दा कट्टी गर्ने व्यवस्था गरिएको छ ।
क्यूआर कोड मार्फत कुनै सामान किने वा शुल्क तिरे भ्याटको १० प्रतिशत शुल्क तत्काल पाइने भएको छ ।
यी बस्तुमा बढ्याे कर-
रक्सी चुरोट तथा बियरको कर बढेकाे छ । अर्थमन्त्री पाैडेलले यस्ता बस्तुकाे अन्तशुल्क बढाएकाे घाेषणा गरेका हुन् । विलाशिताका बस्तुमा बर्सेनी कर बढ्ने गरेकाे छ ।








