रबिन्द्र अधिकारी र आङछिरिङ्ग शेर्पाकाे नाममा विमानस्थलकाे नामांकरण

काठमाडौं । सरकारले ताप्लेजुङ्गकाे  सुकेटार बिमानस्थललाई रबिन्द्र अधिकारी र तेह्रथुमको आठराई विमानस्थललाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामांकरण गर्ने भएको छ ।

नयाँ आर्थिक बर्षको बजेट सार्वजनिकगर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थलको नाम एमाले नेता तथा पूर्वमन्त्री रविन्द्र अधिकारीका नाममा राखिने बताएका हुन् ।

तेह्रथुमको चुहान्डाँडामा बन्ने विमानस्थलको नाम आङछिरिङ्ग शेर्पाको नाममा नामांकरण गरिने जानकारी पनि उनले दिए । ताप्लेजुङ्गको पाथिभरामा केवल कारको सम्भाब्यता अध्ययनका लागि जाने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी र हवाइ ब्यवसायी शेर्पाको ज्यान गएको थियो ।

अर्थमन्त्री पौडेलले दुवै विमानस्थलको विकासका लागि प्राथमिकता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *