२० हजार लिटरसम्म खानेपानी र २० युनिट विद्युत् नि:शुल्क

काठमाडौं । सरकारले २० हजार लिटरसम्मको खानेपानीको शुल्क नलिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन् । त्यस्तै, न्युनतम २० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई निशेधाज्ञा अवधिभर पूरै विद्युत् निःनशुल्क गर्ने भएको छ । त्यस्तै, उत्पादन मुलक उद्योग र होटल पर्यटन क्षेत्रका उद्योगलाई विद्युत्को डिमान्ड शुल्क र महशुलमा निषेधाज्ञा अवधिभरका लागि ५० प्रतिशत छुट गर्ने भएको छ ।

सरकारी संस्थानले वितरण गर्ने खानेपानीमा हाल सरकारले शुल्क लिँदै आएको छ । त्यस्तै, निषेधाज्ञा अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य संस्थानले बिक्री गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने जनाएको छ ।

त्यस्तै, पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ भने होटलले आइसोलेसन बनाएमा होटललाई पैसा उपलब्ध गराराउने जनाएका छन् ।

खाद्यान्न र तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । ब्यवसाय निरन्तरता कोषलाई निरन्तरता दिइएको छ। सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =