७० वर्षअघिकाे त्याे पहिलाे बजेट भाषण (पूर्णपाठसहित)

काठमाडौं । नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापनापछि मात्र संवैधानिक रुपमा वार्षिक बजेट प्रस्तुत गर्ने प्रचलन सुरु भएको हो । आज भन्दा ७० वर्ष अघि २१ माघ २००८ सालमा नेपालमा पहिलो पटक बजेट भाषण भएको थियो । प्रजातन्त्रको स्थापनापछि बनेको सरकारका अर्थमन्त्री सुवर्ण समशेरले उक्त पहिलो बजेट प्रस्तुत गरेका थिए ।
उक्त पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो । उक्त बजेटमा ३ करोड ६ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । त्यतिबेला सरकारका नियमित खर्च, शान्ति सुरक्षा स्थापनालगायतका विषयमा बजेट केन्द्रीत हुने गरेको थियो ।
२०१३ सालमा प्रथम पञ्चवर्षिय योजनाको सुरुवात भएपछि भने बजेटका योजनाबद्ध रुपमा विकास बजेटको व्यवस्थापन वा विनियोजन गर्ने कार्य सुरु भएको थियो ।
उक्त बजेटको मूख्य अंश यस्तो थियो–
–२००७ सालको कूल आम्दानी २९०,८१,००० (दुई करोड नब्बे लाख एकासी हजार रुपैयाँ) खर्च २४६,२७,००० (दुई करोड छयालिस लाख सत्ताइस हजार) र बचत ४३,९४,००० (त्रिचालीस लाख चौरानब्बे हजार) देखिन्छ । गत सालको सशक्त आन्दोलन र गडबडीले गर्दा के–कति बचत दाखिला हुनसक्यो, यकिन हुनसकेको छैन । तर, एकाउन्टेन्ट जनरलद्वारा हिसाब खडा गराउने कोसिस भइरहेछ ।
–२००८ को सामान्य आम्दानी रु. ३,०५,१६,००० (तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ) आर्जन गरिएको हुनाले पोहोरको भन्दा रु. १४,३५,००० (चौध लाख पैँतिस हजार रुपैयाँ) बढी आम्दानी हुने उमेद गरिएको छ ।
–२००७ सालमा मालपोतबाट रु. १,१९,१६,००० )एक करोड उन्नाइस लाख सोह्र हजार रुपैयाँ) उठ्ती भएकोमा यो साल रु.९४,०५,००० (चौरानब्बे लाख पाँच हजार) उठ्ती हुने अनुमान गरिएको छ ।
यस्ताे छ पूर्ण पाठ–








