उज्वल थापाको उपचार खर्च ब्यहोर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । झापास्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने घोषणा गरेका छन् । शनिवार विज्ञप्ति जारी गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।

थापाको उपचारका लागि पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायतले आर्थिक सहयोग आह्वान गरेको थाहा पाएको बताउँदै अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत उपचार गरिने प्रसाईंले बताएका छन् । थापालाई नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्तासमेत भएको प्रसाईंले बताएका छन् । विज्ञप्तिमा भनिएको छ— ‘बीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण खर्च बीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

थापाको उपचारका लागि शुक्रबार साँझ गोफण्डमीमार्फत चन्दा गरिएकोमा बिहानसम्म झन्डै २६ लाख रुपैयाँ उठिसकेको छ । थापा केहीदिन अघि कोराना संक्रमण भएपछि उपचारका क्रममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *