प्रतिकुलताकै बीच ३ वर्षमा उल्लेख्य आर्थिक प्रगति भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकुलताकै बीच पनि आफूले सरकारले सम्हालेको ३ वर्षको अवधिमा उल्लेख आर्थिक सफलता प्राप्त भएको दाबी गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । काेराेना जस्ता महामारी, राजनीतिक अवराेधलगायतका प्रतिकुलता देखिए पनि आर्थिक–सामाजिक तथा मानव विकास सूचकांकमा उल्लेख प्रगति गरेकै कारण देश अल्प विकसित देशबाट विकासशील मूलुकमा स्तरोन्नती हुने दिशामा अघि बढेको उनले बताए ।

सम्बोधनमा उनले भने– ‘निर्यात व्यापारले पहिलो पटक १ खर्बको लक्ष्य प्राप्त गरेको छ । १ खर्ब ८ अर्बको निर्यात १० महिनामै भएको छ । ३ वर्षमा ३ सय ३३ मेगावाट विद्युत् थप भएको छ । यसै वर्षभत्रि ५ सय मेगावा थप हुँदै छ । विद्युत्को बाह्य व्यापार सुरु हुँदैछ ।’

आफू प्रधानमन्त्री भएयताको अवधिमा नेपालीको औषत प्रतिव्यक्ति आय २५ प्रतिशतले बढेको, सडक, झोलुंगे पुल तथा तुइन विस्थापनमा सफलता प्राप्त भएको बताए । ३ वर्षमा धेरै रणनीतिक सडकहरु बनेको १६५ ओटा निर्वाचत क्षेत्रमा रणनीतिक सडक निर्माण सुरु भएको उनले बताए ।

फास्ट टयाकले केही वर्षभित्रै निर्माण सकिने, हुलाकी राजमार्गको धेरैजसो खण्डको निर्माण सकिएको र अन्य निर्माणाधिन राजमार्गले अर्थतन्त्रलाई गतिशिल बनाउने उनले बताए । पोखरा र लुम्बनीमा विमानस्थल निर्माण भएको र २ ओटा ठूला सभाहल निर्माण भइसकेको, नागढुंगा सुरु मार्ग निर्माण भइरहेको र सिद्धबाबा सुरुघ मार्गको ठेक्का लागेको उनले बताए ।

संघ प्रदेश र स्थानीय तहको सहकार्यमा ९२ प्रतिशतलाई गुणस्तरीय खानेपानी पुरुयाइएको छ । भेरी बबई र सुनकोसी मरिन डाइभर्सनले तराईमा खाद्यान्न उत्पादन वृद्धि हुने र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने बताए ।

बेघरबार भएकाहरुलाई पुनर्निर्माणले आवासको सुविधा दिएको, रानीपोखरी, धरहरा जस्ता सम्पदाको पुननिर्माण सकिएको, चक्रबात तथा टर्नाडोबाट घरबारविहीन बनेकालाई ८६९ घर बनाएर प्रदान गरिएको समेत उनले बताए ।

सुकुम्बासी र भूमिहिन समस्या समाधान गर्न प्रक्रिया थालिएको छ । २ सय हेक्टर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइएको छ । पाउडर दूध, अण्डा, मासु र बटरमा अत्मनिर्भर बनाइएको छ । समग्रमा ३ वर्षमा सबैभन्दा बढी काम भएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =