निको हुने बढ्दै

थप ९८४१ जना कोरोनामुक्त‚ ६९५१ मा संक्रमण‚ ९६ को मृत्यु

काठमाडौं । कोरोना संक्रमित हुनेको भन्दा कोरोनामुक्त हुनेको संख्या बढी हुन थालेको छ । बिहीबारबाट क्रमशः थप नयाँ संक्रमितको तुलनामा संक्रमणमुक्त भएका व्यक्तिको संख्या बढी देखिएको हो । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख २८ हजार ६७० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १९ हजार ३ सय १३ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै कोरोनाका काण थप ९६ जनाको मृत्यु भएको छ भने हालस्म्म ७ हजार ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित आइसोलेसन र ८०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *