राष्ट्रका नाममा सम्बोधन

प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन गरेको बताएका छन् । शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने— ‘प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटनको निर्णय लिनुपर्ने भयो ।’

आफूले प्रतिनिधि सभा पूरा कार्यकाल चलाउनको लागि प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए । भने— ‘मैले यो प्रतिनिधि सभा पूरा कार्यकाल चल्न दिनको लागि धेरै समय प्रयास गरेको हुँ । तर, स्वार्थकेन्द्रित रुपमा दलहरु चल्न थालेपछि प्रतिनिधि सभा अकर्मण्यतामा फसाइयो । काम गर्न दिइएन ।’

यस्तै प्रधानमन्त्री ओलीले आगामी कात्तिक र मंसिरमा हुने चुनावमा सबै दललाई सहभागिताका लागि आग्रह गरेका छन् । ‘निर्वाचन निष्पक्ष हुन्छन्, आउनुस् सबै दल निर्वाचनमा आउनुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *