सुदूरपश्चिम प्रदेश

सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले बिहीबार सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

थापा र रावलले प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाईलाई स्पष्टीकरण सोधेका हुन् । यसअघि गत सोमबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सँगै सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशनसमेत दिएको थियो । तर, शाह, सुवेदी र भट्टराईले भने सरकार छाडेका छैनन् । यसपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *