नेप्से १ अंकले घट्दा पनि झण्डै १५ अर्बको कारोबार

काठमाडौं । नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार झिनो अंकले घटेको छ । यस दिन १.२० अंकले नेप्से घटेर २८१५.३९ बिन्दुमा पुगेको छ ।

यस दिन नेप्से घट्दा पनि कारोबार रकम भने यस दिन हालसम्मकै उच्च भएको छ । यस दिन १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४ सय ९२ रुपैयाँमा २ सय १५ कम्पनीका ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन होटेल्स एन्ड टुरिजम, बैंकिङ, लघुवित्त, जीवन बीमा, इन्भेटमेन्ट र अन्य समूहको समूहगत सूचक ओरालो लागेका छन् । यी बाहेक सबै समुह बढेका छन् ।

खानीखोला जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, युनाइटेड मोदी हाइड्रो पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, जोशी, राधीलगायत जलविद्युत् कम्पनीको सेयर मूल्य समेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *