अध्यादेशबाट देश चलाउन खोज्नु असंवैधानिक : बार एशोसिएशन

काठमाडौं । नेपाल बार एशोसिएशनले अध्यादेशबाट देश चलाउन खोज्नु असंवैधानिक भएको बताएको छ । बिहीबार (आज) बारका वरिष्ठ अधिवक्ता तथा अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यादेशबाट देश चलाउन खोज्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका हुन् । उनीहरुले विज्ञप्तिमार्फत भनेका छन्— ‘सम्मानित प्रतिनिधि सभा विघटन गरेको कार्यका साथै प्रतिनिधि सभा छल्नको लागि विघटन गरी अध्यादेशबाट देश चलाउन खोजेको कार्य असंवैधानिक र अलोकतान्त्रिक कार्य पनि हो भनी नेपाल बार एशोसिएशन ठहर गर्दछ ।’

उनीहरुले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय अबिलम्व खारेज हुनुपर्ने मागसमेत रोखका छन् । विज्ञप्तिमा भनिएको छ— ‘यस किसिमको असंवैधानिक कार्यले संवैधानिक सर्वोच्चता , विधिको शासन तथा मानवअधिकारसमेतको हनन् भई संविधान नै संकटमा परेको छ । त्यसैले यो असंवैधानिक निर्णय अबिलम्व खारेज हुनुपर्छ ।’

यस्तै बारले राष्ट्रपतिको कदम न्यायोचित नभएको समेत बताएको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेलगत्तै उठात् संसद् विघटन राष्ट्रपतिले गर्न नहुने विज्ञप्तिमा उल्लेख छ । गत वर्षको पुस ५ मा विघटन भई पुनः फागुन ११ गते संर्वोच्च अदालतले पुनःस्थापित गरिदिएको संसद् प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते विघटन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *