पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दुर्घटना, एकजना घाइते
२०७८ जेठ १२ गते

काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ । अरू सकुशल रहेकाे महासंघका महासचिव राेशन पुरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको पोखरेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को जीपले ठक्कर दिएको हो ।
२०७८ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








