नेपालमा अन्तर्राष्ट्रिय स्तरको आइभीएफ सेवा प्रदान गर्दै वात्सल्य

काठमाडौ. । वात्सल्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको आइभीएफ सेवा प्रदान गर्दै आएको छ । सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतिले वात्सल्यमा सन्तान प्राप्त गराउने आइभीएफ सेवा प्रदान गर्दै आएको हो ।

‘प्रायः दम्पतिहरु डाक्टर साहब, तपाईं त हाम्रो लागि भगवानकै रुप हुनुहुन्छ भन्नुहुन्छ’ कार्यकारी निर्देशक प्रशान्त सुवेदीले भने । यस्तो असाधारण अनुभवको पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रिय स्तरको सेवाको मुख्य भूमिका रहेको  सुवेदी बताए ।

निःसन्तान हुनु एकदमै असहज अवस्था हो । यसमा उपचार का साथै भावनात्मक सहयोग को पनि उतिकै भूमिका रहन्छ । दम्पतिमा भएको निराशालाई सकारात्मक सोचमा रुपान्तरण गर्नुपर्ने हुन्छ ।

त्यसैले वात्सल्यमा शुरुवातदेखि नै अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उच्चस्तरीय ल्याब, अन्तर्राष्ट्रिय अनुभव भएका प्रजनन् विशेषज्ञ, मिजासिलो व्यवहार भएका अन्य जनशक्ति र क्लिनिकभित्रकै सुविधाले पनि सहज अनुभव गराउन उचित वातावरणको निर्माणमा विशेष जोड दिएको निर्देशक सुवेदीले बताए ।

हालसम्म वात्सल्यबाट आईभीएफ मार्फत् १५०० भन्दा बढी, आईयूआई मार्फत् ३०० भन्दा बढी र प्राकृतिक रुपमा ४५० भन्दा बढी दम्पतिले सफलता प्राप्त गरिसकेको उनले बताए ।

वात्सल्यमा भएको राम्रो व्यवस्थापन, प्रजनन् विज्ञको समूह, उच्चस्तरीय ल्याब तथा सरसाधनको कारण नै उच्च सफलता दर हासिल हुन सम्भव भएको निर्दैशक सुवेदीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *