प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले सुदूरपश्चिम संसदीय दलको निर्णय
२०७८ जेठ १२ गते

धनगढी । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
एमालेले केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए ।
योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए । बैठक भर्खरै सकिएको छ ।
एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय लिन मंगलबार बैठक बस्ने प्रयास गरेपनि आन्तरिक सहमति नभएपछि स्थगित भएको थिएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको थियो ।
सम्बन्धित समाचार
एमालेले समर्थन फिर्ता लिंदा के फरक पर्छ ?
२०७८ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








