तरुण दल बनेपाद्वारा राहत सामग्री वितरण

काभ्रे । नेपाल तरुण दल बनेपा नगर समितिले कोरोनाका कारण प्रभावित नागरिकलाई खाद्य सामग्री वितरण गरेको छ ।

काभ्रेमा निषेधाज्ञाका कारण व्यापार, व्यवसाय उद्योगधन्दा र यातायात क्षेत्र समेत बन्द हुँदा बढी प्रभावित भएका विपन्न वर्ग भोकले मर्नु नपरोस् भनेर बनेपाका तरुणहरु मिलेर दुई लाख २४ हजार रुपैया संकलन गरि खाद्य सामग्री वितरण गरेको नेपाल तरुण दल केन्द्रीय विभाग सदस्य सुधिर वैद्यले जानकारी दिए ।

हालसम्म १ सय ८० जना विपन्न वर्गका नागरिकलाई प्रतिव्यक्ति चामल १० के.जी, तेल १ प्याकेट, मस्यौरा १ प्याकेट, दाल १ किलो, नुन १ प्याकेट, सावुन १ किलोका दरले राहत सामग्री वितरण गरेको बुद्धशरण मानन्धरले जानकारी दिए । निषेधाज्ञाका कारण मजदुर, चालक, डेरा गरी बस्ने नागरिकहरु बढी प्रभावित भएको पाइएको वैद्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *