धनुषामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन
२०७८ जेठ ११ गते

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अवैधानिक तरिकाले रातारात संसद विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।
नेकपा माओवादी केन्द्र गणेशमान चारनाथका नगर संयोजक महेशलाल यादवको नेतृत्वमा विरेन्द्र बजारमा पुतला दहन गरिएको हो ।


२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








