एमाले स्थायी कमिटी बैठक

देउवालाई साथ दिने नेतामाथि कारबाही गर्नेबारे छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी छ । बैठकमा नेपाली कांगेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने विपक्षी एमाले नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल भइरहेको बैठकस्थलबाट एक सदस्यले मकालु खबरलाई जानकारी दिए । ती सदस्यले भने— ‘शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका साथीहरुलाई कारबाही गर्नेबारे छलफल भइरहेको छ । उहाँहरुले गर्नुभएको गल्ती क्षम्य हुँदैन । सायद निलम्बनसम्म हुन सक्छ ।’

यसअघि गत शनिवार बसेको बैठकले विपक्षी एमालेका ११ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उनीहरुले स्पष्टीकरण बुझाएका छैनन् । उनीहरुलाई आजको बैठकले कारबाही गर्न सक्ने ती सदस्यको भनाइ छ । ‘उहाँहरुले स्पष्टीकरण बुझाउनुभएन । आज केही निर्णय होला,’ ती सदस्यले भनेका छन् । ती सदस्यकाअनुसार बैठक अर्को स्पष्टीकरण कि पार्टी अनुशासनको उल्लंघनसम्बन्धीको कारबाही भन्नेबारेमा निष्कर्षमा पुग्नेछ ।

यता सोमवार (आज) पनि विपक्षी एमालेका २३ सांसदले विपक्षी गठबन्धनको तर्फबाट हस्ताक्षर गरेका छन् । ती हस्ताक्षरकर्ता सांसदहरुको बारेमासमेत बैठकमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *