डा. केसीका सहयोगी सुवेदीलाई दुर्गा प्रसाईंको धम्कीपूर्ण फोन [सम्वादसहित]

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीका सहयोगी प्रिमत सुवेदीलाई झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले धम्की दिएका छन् । प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्नेसम्मको धम्की दिएका छन् । प्रसाईंले फोनमार्फत भनेका छन्— ‘तँलाई भेटेँ भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु ।’

सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक समेत हुन् । गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । विज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिएको सुवेदीले मकालु खबरलाई जानकारी दिए । आफूलाई ‘तँ कहाँ छस्, म त्यहीँ आउँछु’ भनेर धम्क्याएकाले आफूले सुरक्षाको समेत माग गरेको र कुनै घटना भए प्रसाईं नै जिम्मेवार हुने सु्वेदीले बताए ।

एकसमय तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता गराउन दबाब दिन भन्दै उनले ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निवासमा बोलाएर खाना खुवाएको फोटो विवादित बनेको थियो । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको आरोप पनि लाग्दै आएको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

केसी पक्षले बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पूरा गरेर मात्र सम्बन्धन दिनुपर्ने बताउँदै आएको छ । सञ्चालक प्रसाईंले भने ऐन जारी गर्नुअघि मनसायपत्र पाएकाले आफूले स्वतः सम्बन्धन पाउने दाबी गर्दै आएका छन् ।

मकालु खबरलाई प्राप्त प्रसाईं र सुवेदीबीचको टेलिफोन सम्वादः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *