एमाले विवाद

एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएका ११ जनाबारे निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बस्दैछ । बैठक अपराह्न ४ बजेपछि सरकारी निवास बालुवाटारमा बस्ने कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए । नेम्वाङ्गकाअनुसार बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारीलगायतका विषयमा केन्द्रित हुनेछ ।

बैठकमा खासगरी स्पष्टीकरण सोधिएका ११ जना विपक्षी एमालेका नेताबारे छलफल तथा थप निर्णय हुने अर्का एक नेता मकालु खबरलाई जानकारी दिए । भने— ‘उहाँहरुले स्पष्टीकरणबारे केही बोल्नुभएको छैन अहिलेसम्म । त्यस विषयमा खास रुपमा छलफल तथा निर्णय हुनेछ ।’

यसअघि शनिवार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका ११ जना नेताहरुलाई स्पष्टीकरण माग गरेको थियो । ती नेताले भने— ‘स्पष्टीकरण दिने समय बिहानसम्मको हो । उहाँहरुले बुझाउनुभएको थाहा छैन । मूलतः बैठकमा यही विषयमा छलफल तथा निर्णय हुन्छ ।’

यता विपक्षी एमाले भने संसद् विघटन गर्ने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा उभिएको छ । विपक्षी एमालेको १९ नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको बनाउनुपर्ने भन्दै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *