फराकिलाे जितसँगै सिटीलाई उपाधि
२०७८ जेठ १० गते

एजेन्सी । च्याम्पियन क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा एभर्टनलाई ५-० ले हराएकाे छ ।
घरेलु मैदानमा सिटीलाई जिताउन सर्जियो अग्युइरोले दुई तथा केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे ।
११ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएकाे खेलमा त्यसकाे ३ मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता २-० को बनाए । यस्तै ५३ औं मिनेटमा फोडेनले गोल गर्दै टिमको अग्रता ३-० को बनाए भने ७१ औं मिनेटमा अग्युइराेले गाेल थपेर टिमको अग्रता ४-० को बनाए । ७६ औं मिनेटमा उनै अग्युरोले व्यक्तिगत दोस्रो गोल थपे र ५-० को जीत पक्का गरे । अग्युइराे यहि सिजनबाट सिटी छाेड्दैछन् ।
अग्युरोले सिटीका लागि १ सय ८४ गोल गरेका छन् । फराकिलो जितसँगै सिटीले ३८ खेलमा ८६ अंक बनाउँदै उपाधि उचालेको छ ।
२०७८ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








