रियलमी जीटीको ‘स्न्याप ड्रागन ७७८ फाइभजी’ स्मार्टफोन बजारमा आउँदै

काठमाडौँ । स्मार्ट फोन ब्राण्ड रियलमीले ‘स्न्याप ड्रागन ७७८ फाइभजी’ स्मार्ट फोन चाँडै बजारमा ल्याउने घोषणा गरेको छ । ‘रियलमी जीटी’ फल्याागसिप अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ को नयाँ संस्करण ल्याउने घोषणा कम्पनीले गरेको हो ।

एन्ड्रोइड १२ बेटा १ संस्करण पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीको ‘रियलमी एक्स ५० प्रो’ ‘एन्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो ।

रियलमीले गुगलसँग निकटतम् सहकार्य गरेर डेभलपरमार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमीयुआई २ मा प्रयोगकर्ता प्रतिक्रिया संकलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नुअघि प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

यस साल २०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८ नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२० हर्जएमोलेड डिस्प्ले, ६५ वाट सुपर डार्ट चार्जिङ र ४ हजार ५०० एमएएच ब्याट्री रहेकाे जनाएकाे छ । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =