५० हजारभन्दा कम रकम झिक्न नदिने बैंकलाई कारवाही हुन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँभन्दा कम नगद रकम निकाल्न बन्देज गर्ने बैंकलाई कारवाही गर्ने जनाएका छन् ।

कुनै एक बैंकका कर्मचारीले ५० हजार रुपैयाँभन्दा कम रकम निकाल्न बैंकमा जाने सेवाग्राहीलाई फर्काएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा गुनासो आएपछि उनले त्यसको जवाफमा ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

केही दिनअघि नेपाल बैंकर्स एशोसिएशनले ५० हजारभन्दा कम नगद रकम झिक्न बैंकमा नगई इन्टरनेट, मोबाइल वा डिजिटल बैंकिङमार्फत घरैमा बसेर कारोबार गर्दा राम्रो हुने जनाएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई सफल बनाउन र संक्रमण नियन्त्रणका लागि संघले यस्तो निर्णय गरेको थियो । तर, घरैबाट कारोबार गर्न नसकिएको वा अप्ठ्यारो परेको बेला बैंकमा गएर कारोबार गर्न नसकिने भन्ने नभएको गभर्नर अधिकारीले स्पष्ट पारेका छन् ।

‘ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुँदै होइन,’ आइतबार ट्वीट गर्न उनले भनेका छन्, ‘यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी पाए कारवाहीको लागी सहज हुने थियो । ब्यबहारिक समस्या ध्यानाकर्षणको लागी धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *