सेयर ३२ अंकले बढ्दा साढे ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन परिसूचक ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत ८.२३ अंकले बढेर ५०७.२० बिन्दुमा पुगेको छ ।

कारोबार रकममा समेत भारी वृद्धि देखिएको छ । यस दिन ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँमा २ सय २० कम्पनीका २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ ।

होटेल तथा पर्यटन, नर्जीवन बीमा र लघुवित्त कम्पनीका समूहगत सूचक बाहेक अन्य सबै कम्पनीका समूहगत सूचक समेत बढेका छन् । सबैभन्दा बढी विकास बैंक समूह २३९ अंकले बढेको छ ।

यस दिन कर्णाली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड मार्दी हाइड्रो, बरुणलगायत कम्पनीको सेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =