महन्थ पक्षीय जसपा बैठक जारी, उपेन्द्र पक्षलाई कारबाही गर्नेबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका एक अध्यक्ष महन्थ ठाकुरले बोलाएको कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बबरमहलस्थित एक घरमा बसिरहेको जसपा नेता एकवाल मियाँले मकालु खबरलाई भने— ‘बैठक बसिरहेको छ । समग्रमा सबै विषयमा छलफल भइरहेको छ ।’

बैठक स्थलबाट एक सांसदले मकालु खबरलाई भने— ‘उपेन्द्र यादवले आफूपक्षीय कार्यकारिणी समितिको बैठकबाट महन्थ ठाकुरसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि यता पनि बैठक बसिएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयबाट झगडिएका जसपा दुई पक्षबीच आरोप–प्रत्यारोप र कारबाही गरागर चुलिँदो छ । यसअघि १९ सांसदको समर्थनमा महन्थ पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि थप उत्कर्षतर्फ लम्किएको जसपा विवाद सुल्झिने अवस्थामा देखिएको छैन ।

महन्थ ठाकुर अहिले प्रधानमन्त्री ओलीको कित्तामा उभिएको छन् भने भट्टराई—यादव विपक्षी गठबन्धनमा उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *