सरकारको क्रियाकलापको प्रतिक्रियामा लागेका छौं : गिरिराजमणी पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले अहिले आफूहरू सरकारले गरेको क्रियाकपालको प्रतिक्रियामा लागेको बताएका छन् ।

आइतबार माओवादी संसदीय दलमा सरकार विघटनविरुद्धको रिट दायरका लागि हस्ताक्षर संकलनका क्रममा पोखरेलले अहिलेको विषम अवस्थामा सरकारले असंवैधानिक तवरले संसद विघटन गरेको र त्यसैको प्रतिक्रियामा आफूहरू लागेको बताएका हुन् ।

उनले कोरोनाविरुद्ध सबै दलहरूलाई सामेल गर्दै नागरिकलाई पनि साथमा लिएर अभियान चलाउनुपर्ने बेला सरकारले राष्ट्रिय कार्यभार नै पुरा गर्न नसकेको जिकीर गरे । अहिले पनि कोभिडप्रतिको दायित्व ठिक ढंगले पूरा गर्न आफूहरू तयार रहेको भन्दै उनले अहिले कोरोनाजस्तै भाइरस प्रधानमन्त्री र राष्ट्रपतिबाट आएकाले त्यसका विरुद्ध लड्न पनि आफूहरू तयार रहेको उल्लेख गरे ।

दोस्रो पटक संसद विघटन गरेपनि त्यसविरुद्ध सर्वोच्चमा जानका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =