नेपाल–खनाललगायत ११ नेतालाई स्पष्टीकरण

काठमाडौं । सत्तासिन एमालेले विपक्षी एमालेका ११ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिवार साँझ सरकारी निवास बालुवाटारमा बसेको बैठकले विपक्षी एमालेका ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल—झलनाथ खनालपक्षीय २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तीमध्येबाट ११ जनालाई भने स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए । भने— ‘तत्कालका लागि ११ जना साथीहरुलाई चाहिँ स्पष्टीकरण सोध्ने निर्णय भएको छ । अन्य साथीहरुको हकमा पछि निर्णयहरु होला ।’

हस्ताक्षर बुझाएकामध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भनेर भनेका थिए भने केहीले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएका थिए ।

स्पष्टीकरण सोधिएकामा वरिष्ठ नेताद्वय नेपाल—खनालसँगै भीम रावललगायतका नेता रहेका छन् ।

क–कसलाई सोधियो स्पष्टीकरण ? 
१, झलनाथ खनाल

२, माधवकुमार नेपाल

३, भीम रावल

४, मुकुन्द न्यौपाने

५, रामकुमारी झाँक्री

६, सरला यादव

७, पुष्पाकुमारी कर्ण

८, कलिला खान

९, निरादेवी जैरु

१०, लक्ष्मी कुमारी चौधरी

११, कल्याणी खड्का

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *