ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारे: नेपाल

काठमाडौं । विपक्षी एमाले नेता माधवकुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा शहीदहरुको त्यागको घार अपमान भएकोसमेत बताएका छन् । नेता नेपालले विज्ञप्तिमार्फत भनेका छन्— ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादाविपरीत क्रियाकलापकै निरन्तरता हो ।’

अध्यादेश परिवर्तन गरी दलहरूलाई फुटाउने र नेपालको संविधानमाथि आघात गर्ने २०७७ वैशाखबाट शुरु भएको अलोकतान्त्रिक यात्रा पुस ५ मा प्रतिनिधि सभा विघटन, फागुनमा नेकपा विभाजन हुँदै जेठ ७ को मध्यराति देशघाती र जनघाती कुकर्मका रुपमा प्रकट गरेको नेता नेपालको भनाइ छ ।

यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *