गोकर्णेश्वरका किसानलाई हाते ट्र्याक्टर
२०७८ जेठ ८ गते

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ ।
नगरपालिकाको कृषि बिकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत नगरपालिकाका वडा नं १ ,२ ३ र ४ मा किसानहरुको मागको आधारमा १५ वटा किसान समूहलाई एक-एक वटाको दरले हाते ट्र्याक्टर वितरण गरिएको हो ।
नगरपालिकामा एक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल लगायतले उक्त सामग्री प्रदान गरे । नगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख इन्दिरा खड्काले जानकारी गराइन् ।

२०७८ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








