केपी ओलीले फेरि भने- ‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।

‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’ कोभिड-१९ विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराए ।

‘निर्वाचनमा जाँदा आकाश खस्दैन र यो संवैधानिक व्यवस्था हो,’ उनले भने, ‘मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ, राष्ट्र एकजुट भएर कोभिडविरुद्ध लडौँ ।’ –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *