राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्: नेता लेखक
२०७८ जेठ ८ गते

|नेता रमेश लेखक। तस्बिरः फाइल|
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान च्यात्ने काम गरेको बताएका छन् । राष्ट्रपतिले मध्यराति संसद भंग गरेपछि प्रतिक्रिया दिँदै नेता लेखकले राष्ट्रपतिबाट आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम भएका बताएका हुन् ।
राष्ट्रपतिले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि नेता लेखकले आपत्ति जनाए ।
‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन,’ नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन् ।
२०७८ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








