प्रधानमन्त्री ओलीद्वारा दाेश्राेपटक संसद विघटनकाे सिफारिस, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडाैं । सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

 मध्यराति प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र  शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीपरिषद बैठक बाेलाएका थिए ।
राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराती संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भन्दै दुवैजनाकाे दाबी खारेज गरेकी थिइन् ।

यसअघि पुस ५ गते प्रधानमन्त्री ओेलीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै बैशाखमा मध्यावधि निर्वाचन घाेषणा गरेकाेमा सर्बाेच्च अदालतकाे स‌वैधानिक इजलासले त्यसलाई असंवैधानिक ठहर गरिदिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =