मध्यरातमा मन्त्रीपरिषद: के गर्ला निर्णय ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैजनाले आधार पेश गर्न नसकेको भन्दै दाबी खारेज गरिदिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन् ।

बालुवाटारमा केहीबेरमै शुरु हुने भनिएकाे बैठकले मध्यावधी निर्वाचनको घोषणा गर्न सक्ने आँकलन गरिएकाे छ ।राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी गर्ने दुबैजनाको दाबीमा बलियो आधार नदेखिएको भन्दै दुवै दावी खारेज गरेपछि यो निर्णयलाई मध्यावधी निर्वाचन गर्ने बाटो खुलेको रुपमा पनि अर्थ्याइएकाे छ । यद्यपि, बैठकले गर्ने निर्णयबारे अहिल्यै केही भन्न नसकिने एक मन्त्रीले बताए । ‘बैठक बस्ने जानकारी मात्र पाइएको छ एजेन्डाबारे जानकारी छैन त्यसैले अहिल्यै केही भन्न सकिँदैन’ उनले मकालु खबरलाई भने ।

संविधानको धारा धारा ७६ (७)मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद् विघटन गरि ६ महिनाभित्र निर्वाचन गरिसक्ने गरि घोषणा गर्ने प्रावधान छ।

मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने र त्यसलाई राष्ट्रपतिले सदर गर्ने सम्भावना बढेकाे छ ।

राष्ट्रपति भण्डारीले  गएकाे पुस ५ गते पनि प्रधानमन्त्री ओलीकाे सिफारिसमा प्रतिनिधि सभा विघटन गरी गएकाे वैशाखमा चुनाब गर्ने गरि मिति तोकेकी थिइन्। तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले गएकाे फागुनमा त्याे निर्णयलाई   असंवैधानिक ठहर गर्दै बदर गरिदिएकाे थियाे ।

मन्त्री परिषद बैठकले आगामी मंसिरमा मध्यावधी निर्वाचन घोषणा गर्ने सम्भावना बढेर गएकाे छ । यस्तै कतिपयले स्वास्थ्य संकटकाल लागू हुनसक्ने आँकलन पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =