‘राष्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो’
२०७८ जेठ ७ गते

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘विश्वासको मतबाट भागेका प्रधानमन्त्री’ले फेरि बहुमत दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् ।
बिहीबार ट्विटरमा प्रवक्ता शर्माले आफूसँग बहुमत छैन भनेर भागेका प्रधानमन्त्रीले फेरि बहुमत छ भन्ने दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संस्थाको गरिमा अझै ओह्रालो नझार्न सुझावसमेत पनि दिएका छन् ।
उनले भनेका छन्‚ ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ । राष्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’
२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








