कोरोना अपडेट
थप १७७ बिते, ७८९० संक्रमणमुक्त हुँदा कति संक्रमित थपिए ?
२०७८ जेठ ७ गते

काठमाडौं । नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३ सय ५३ पीसीआर परिक्षणका क्रममा ८ हजार ४ सय ७ र ८ सय ७३ एन्टीजेन परिक्षणका क्रममा २ यस जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार १९२ संक्रिय संक्रमित आइशोलेशनमा र ९१२ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
२०७८ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित









