वैकल्पिक सरकार

समय घर्कियो, प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संविधानको धारा ७६ (५) बमोजिमको वैकल्पिक सरकार बनाउनु’ भनी दिएको समय सकिएको छ ।

प्रधानमन्त्री पदमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी परेको छ । ओलीले १५३ जना सांसदको समर्थनमा प्रधानमन्त्री पदमा दाबी गरेको दाबी गरेका छन् भने देउवाले १४९ जना सांसदहरुको हस्ताक्षरसहित दाबी गरेका छन् ।

देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल—झलनाथ खनाल पक्षका २७ र राष्ट्रिय जनमोर्चाका १ गरी १४९ जना सांसदले साथ दिएका छन् ।

यस्तै यता ओलीले एमालेका १२१ सहित जसपाका ३२ जना सांसदले साथ दिएको दाबी गरेको दाबी गरेका छन् । जबकि, जसपाका १२ जना सांसदले देउवालाई प्रधानमन्त्रीमा सथर्मन गर्दै हस्ताक्षर गरेका छन् ।

अब योसँगै प्रधानमन्त्री पदमा कसको दाबी सही मानिने भन्ने आमजिज्ञासा चुलिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *