वैकल्पिक सरकार

प्रचण्ड, देउवा र यादवबीच ‘निणार्यक’ वार्ता

काठमाडौं । शीर्ष तीन दलबीच सिंहदरबारमा निणार्यक वार्ता शुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जसपाबीच छलफल शुरु भएको हो ।

बैठकमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपेन्द्र यादवसँगै अन्य नेताहरुसमेत सहभागी छन् । नेता यादवनिकट सांसद रेनुकुमारी यादवले मकालु खबरसँग भनिन्— ‘उहाँहरु (तीन नेता) बीच छलफल शुरु भएको छ । उहाँबीचको वार्ता निर्णायक वार्ता हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *