वैकल्पिक सरकार

बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुकाे बैठक- ‘जुन विकल्पबाट भएपनि ओलीलाई हटाऔं’

काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीको विकल्प दिने विषयमा छलफल भएको छ । बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताए । विकल्प धेरै भएकाे र छिट्टै कुनै न कुनै विषयमा सहमतिमा पुग्ने समझदारी भएकाे छ ।

श्राेतकाअनुसार जसपाका अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई वा नेकपा एमालेका कसैलाई प्रधानमन्त्री बनाएर भएपनि वैकल्पिक सरकार बनाउनैपर्ने भन्नेमा सबै नेताहरु सहमत देखिएपनि सजिलाे नभएकाे निष्कर्ष निकालेका छन् । बैठकबाट बाहिरिने क्रममा प्रचण्डले भने—’छलफल चलिरहेको छ। विकल्प धेरै छन्। विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं ।’

जसलाई अघि सार्दा बहुमत पुग्छ उसैलाई अघि सारेर भएपनि वैकल्पिक पेश गरिछाेड्नेबारे सबै नेताहरुबीच छलफल भएकाे श्राेतले मकालु खबरलाई जानकारी दियाे ।

प्रधानमन्त्री ओलीले जसपाका ठाकुर र महतो पक्षको समर्थनमा बहुमत दावी गर्न सक्ने सम्भावना रहेकाले त्यसअघि नै उनलाई रोक्ने विकल्पहरु जे हुन्छन् त्यही अपनाउने गरि छलफल अघि बढेको श्रोतको दाबी छ ।

बैठकमा एमाले नेता माधवकुमार नेपाललाई प्रमका रुपमा अघि सार्ने वा नेपाल पक्षका सांसदले राजीनामा दिनेलगायत विषयमा पनि छलफल भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *