सकियो सर्वदलीय बैठक

विकल्पहरु धेरै छन्, निष्कर्षमा पुग्दैछौँ : प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकस्थलबाट बाहिरिँदै माओवाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने— ‘यहाँ मोटामोटी सर-सल्लाहर भयो, निष्कर्षमा पुगिसकेका छैनौँ । केहीबेरपछि निष्कर्षमा पुग्छौँ ।’

एक कांग्रेस नेताकाअनुसार बैठकमा ५ बजेभन्दा अगाडि नै वैकल्पिक सरकार दाबी गर्ने र राष्ट्रपतिलाई महाभियोग लगाएर बिदा गर्ने विषयमा छलफल भएको छ । ती नेताले मकालु खबरसँग भने— ‘मोटामोटी यी दुई विषय वैकल्पिक सरकार बनाउने र राष्ट्रपतिविरुद्धको महाभियोगबारे छलफल भयो । यहाँ दलहरुको सहमति आएको छ ।’

बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावद, विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *