माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्येको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । कमिटी सदस्य लीलामणि पोखरेलकाअनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडामा बस्दैछ । ‘वैकल्पिक सरकार नै मूल एजेण्डा हो,’ नेता पोखरेलले मकालु खबरसँग भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारको दाबी गर्नु भनी शुक्रवार (आज) साँझ ५ बजेसम्मको समयसीमा तोकेकी छन् । यसपछि राजनीतिक सरगर्मी बढेको छ । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सर्वदलीय बैठक जारी छ । बैठकमा विपक्षी एमालेको नेतृत्व गर्दै आइरहेको वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी छन् । कांग्रेस एक नेताले मकालु खबरसँग भने— ‘यहाँ चाहिँ नयाँ सरकार र राष्ट्रपतिविरुद्धको महाभियोगबारे छलफल भइरहेको छ ।’

यता जनता समाजवादी पार्टी (जसपा)कोसमेत संसदीय दलको बैठक जारी छ । महन्थ ठाकुरनिकट नेता एकवाल मियाँले बैठकस्थलबाट मकालु खबरसँग भने— ‘हाम्रो बटमलाइन् महन्थजीलाई प्रधानमन्त्री बनाउने हो । योअनुरुप अरु दलहरुले पनि कदम चाल्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *