सर्वदलीय बैठक

वैकल्पिक सरकार र राष्ट्रपतिविरुद्धको महाभियोग मूल एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सर्वदलीय बैठक जारी छ । बैठकमा वैकल्पिक सरकार गठनबारे छलफल भइरहेको छ । कांग्रेसका एक नेताले मकालु खबरसँग भने— ‘निर्धारित समयावधिभित्र वैकल्पिक सरकार बनाउने नै सबै दलहरुको जोड हो । यही विषयमा यहाँ पनि छलफल गरिरहेका छौँ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् । शुरुमा प्रचण्ड—देउवाबीच छलफल भएको थियो । बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित हुँदैछन् । देउवा निवास छिर्दै प्रचण्डले भनेका छन्— ‘महाभियोगबारे दलहरुसँग कुराकानी भइरहेको छ । आउन सक्छ ।’

ती नेताकाअनुसार बैठकमा विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल हुने भन्ने बुझेको छु, वैकल्पिक सरकारको कुरा त छँदैछ,’ ती नेताले भनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिमको सरकारको शुक्रवार (आज) सम्म दाबी गर्नु भनि भनेकी छन् । यसपछि दलहरुले राष्ट्रपतिको कार्यदक्षतमाथि प्रश्न उठाइरहेका छन् । यो प्रक्रियाले संविधानको कार्यान्वयनमा त्रुटि पुगेको दलहरुको ठम्याइँ छ ।

प्रतिक्रिया

One thought on “वैकल्पिक सरकार र राष्ट्रपतिविरुद्धको महाभियोग मूल एजेण्डा

  1. तपाईलाई व्यक्तिगत रूपमा राष्ट्रपतिज्यु मन नपर्न सक्नुहुन्छ होला तर उहाको बारेमा समाचार लेख्दा कम से कम “भनेकी छिन् ” त नभनौं। उहा एक स्वतन्त्र मुलुकको राष्ट्रपति हुन्। अरुलाई आदर दिन जान्यौ भने आफुलाई पनि मिल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *