तीनजना हुण्डी कारोबारी पक्राउ

विराटनगर । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । आज दिउँसो मोरङको विराटनगर महानगरपालिका-११ रोडषेश चोकबाट २१ लाखभन्दा बढी रकमसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ वर्षीया जिज्ञासा चौधरी छन् । पक्राउपछि रकमको बारेमा प्रहरीले सोधपुछ गर्ने क्रममा हुण्डी कारोबारबाट प्राप्त रकम भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संग्लग्न विराटनगर –१३ का ३३ वर्षीय अमृतकुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

साह र चौधरीको साथबाट प्रहरीले २१ लाख ७१ हजार पाँच सय नेपाली रुपैयाँ र २३ हजार भारतीय रुपैयाँ तथा विभिन्न बैंकका चेकहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै अमृत कुमारको घरबाट प्रहरीले मोबाइल तथा नगद डिपोजिट रसिद बरामद गरेको छ ।

ठुलो मात्रामा नगद रकमसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीलाई बुझाउने तयारी रहेको एसपी सन्तोष खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =