मन्त्रिपरिषद् बैठक

जेठ ९ गते संसद् अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङकाअनुसार आजको मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गरी अधिवेशन आह्वान गरिएको हो ।

संविधानतः जेठ १५ गते संघीय संसद्मा बजेट वक्तव्य पेश गर्नुपर्ने व्यवस्था छ । बजेट नियमित अधिवेशनमै पेश हुने आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सोही प्रयोजनका लागि मन्त्रिपरिषद्ले अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *