एकैदिन बादललाई ‘डबल’ झड्का

काठमाडौं । आफैंले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लत्याइ नेकपा एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’ले एकैदिन दोहोरो झड्का व्यहोर्नुपरेको छ ।

गृहमन्त्री रहेका बेला तत्कालीन नेकपा एकीकरणअघिको अवस्थामा पुगेपछि माओवादी केन्द्र त्यागेर एमाले बनेर पद सुरक्षित गरेका थापा बिहीबार भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका छन् ।

सर्वोच्चले बादलसँगै ७ मन्त्रीको पुनःनियुक्ति बदर ठहर गर्दै तत्काल काम गर्न नदिने आदेश दिइसकेको छ ।

त्यसको केही घण्टा अघि मात्र सर्वोच्च अदालतले गृहमन्त्रीका रुपमा उनको नियुक्तिलाई बदर ठहर गरिदिएको थियो ।

बागमती प्रदेशबाट निर्वाचित हुने एक राष्ट्रिय सदस्यका लागि सत्तासिन एमालेको तर्फबाट उम्मेदवार बनेका बादललाई विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले पाखा लागाइदिए । योसँगै एकैदिन बादलले ‘डबल’ धक्काको महसुस गर्नुपरेको हो । माओवादी केन्द्र त्यागेर एमाले बनेपछि माओवादीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो ।

यसैबीच, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आज सर्वोच्चले नियुक्ति बदर गरिदिएका पूर्वमाओवादीका सात नेता ढिलोचाँडो माओवादीमै फर्किने टिप्पणी गर्छन् । भन्छन्— ‘उनीहरु कुनै न कुनै दिन माओवादीमै फर्किन्छन् कि राजनीतिबाटै सन्यास लिन्छन् । किनकी, उनीहरुको पार्टी एमाले होइन, उनीहरुलाई एमाले फाप्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *