राष्ट्रियसभा उपनिर्वाचनमा खस्यो ३३८ मत‚ नतिजा आजै
२०७८ जेठ ६ गते

काठमाडौं । बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको उपनिर्वाचनमा ३३८ मत खसेको छ । आयोगले बिहीबार अपराह्न विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाउँदै ३३८ मत खसेको जानकारी दिएको हो ।
कुल मतदातामध्ये १० जना अनुपस्थित रहेको उनले बताए । बिहीबारको निर्वाचनमा २५ कोरोना संक्रमित मतदाताले मतदान गरेका छन् । बागमतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो। मतदानको नतिजा आजै सार्वजनिक गरिने बताइएको छ ।
राष्ट्रिसभा सदस्य उपनिर्वाचनको मतगणना कार्यलाई व्यवस्थित गर्न निर्वाचन अधिकृतलाई आयोगबाट मतगणनासम्बन्धी थप निर्देशनसमेत आजै पठाइसकिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








