राष्ट्रिय सभा उपनिर्वाचन

मतदान शुरु, नतिजा सार्वजनिक आजै

काठमाडौं । बागमती प्रदेशबाट निर्वाचित एक राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचन शुरु भएको छ । हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको हो । शुरुमा बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलल मतदान गरेका छन् ।

अहिले उम्मेदवारद्वय रामबहादुर थापा र खिमलाल देवकोटा पनि मतदानस्थलमै छन् । मतदान हुने क्रम जारी छ ।

यता विपक्षी एमालेका मतदाताहरु भने विभाजित देखिएका छन् । केही थापाको पक्षमा देखिएको छन् भने केही देवकोटाको पक्षमा देखिएका छन् ।

मतदान सकिएपछि नजिता पनि आजै सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *