बाँकेमा १७ संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, गएराती साढे आठ बजेदेखि बुधबार बिहान साढे ६ बजेसम्ममा १७ जनाको मृत्यु भएको छ ।

मृतकमा सात जना बाँके र १० जना बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कोरानाबाट २ सय ५३ र अन्य जिल्लाबाट उपचार गराउन आउदा २ सय ९ जनाको मृत्यु भएको छ ।

बाँकेमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको संख्या धेरै रहेको बताए ।

सङ्क्रमित हुनेको संख्या घटे पनि मृत्युदर भने घट्न नसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =