लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प
काठमाडौंमा पनि धक्का महसुस
२०७८ जेठ ५ गते

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो/भएन भन्ने जानकारी आएको छैन ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








