एक क्विन्टल अवैध लागूऔषधसहित ३ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका-९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका-१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो । तत्पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =