मन्त्रिपरिषद् बैठक

यी एजेण्डामाथि छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । साँझ ५ बजेपछि शुरु भएको बैठकमा बजेट र कोरोना नियन्त्रणबारे छलफल चलिरहेको एक मन्त्रीले मकालु खबरलाई जानकारी दिए ।

ती मन्त्रीकाअनुसार आजैको बैठकबाट संसद्को बजेट अधिवेशन आह्वान गर्ने प्रबल सम्भावना छ । संविधानमा १५ जेठमा आर्थिक वर्षको बजेट संसद्मा पेस गर्नुपर्ने प्रावधान रहेकाले १२ दिनअघिको आजको बैठकले यसबारे निर्णय गर्ने अपेक्षा गर्न सकिन्छ ।

यस्तै बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई थप अधिकारसम्पन्न बनाइने विषयमा छलफल हुने ती मन्त्रीले बताएका छन् । ती मन्त्रीले भने— ‘बैठकले सीसीएमसीलाई थप अधिकारसम्पन्न बनाउने विषयकोसमेत टुंगो लगाउँछ । यसले कोरोना नियन्त्रणमा सहयोग पुग्छ भन्ने ठम्याइँ हो ।’

यसअघि आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीकै उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *