कोराना संक्रमित उपसचिव खाम्याहाङको निधन

झापा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । कोरोना संक्रमण भएपछि झापाको बीएन्डसी अस्पतालमा भर्ना भएका खाम्याहाङको उपचारकै क्रममा सोमबार निधन भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनी वैशाख १७ गते अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

उपसचिव खाम्याहाङ यसअघि लामो समय जिल्ला शिक्षा कार्यालय तेह्रथुममा कार्यरत थिए । उनले धनकुटा नगरपालिका, इलाम नगरपालिकालगायत स्थानीय तहमा प्रमुख कार्यकारी अधिृकत भएर काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =